नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङ क्षेत्र नं. २ का शिक्षकहरुको भेला

पुष १७,  नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङ क्षेत्र नं. २ का शिक्षकहरुको भेला आज धादिङ वेशीमा  सम्पन्न भएको छ । धादिङ क्षेत्र नम्बर २ अर्न्तर्गतका ११ गाउ विकास समितिका शिक्षकहरुको उपस्थित रहेको भेलामा संगठनका जिल्ला अध्यक्ष बैकुण्ठ ढकालको अध्यक्षता रहेको थियो ।
संगठनका जिल्ला सचिव ढुण्डिराज पाठकले सञ्चालन गर्नु भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष भगवती अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नेकपा एमाले धादिङका सदस्य एवम् संगठनका पुर्व अध्यक्ष जगन्नाथ शर्मा, नेपाल शिक्षक युनियनी जिल्ला उपाध्यक्ष सविता अर्याल लगायतले मन्तव्य राखनु भएको संगठनका जिल्ला सचिव ढुण्डिराज पाठकले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment