लखन थापालाई प्रथम सहिद घोषणा गर्न माग ।।
एक सय ३७ आँै लखन थापा स्मृति दिवसको अवसरमा आज धादिङबेसी लखन चोकमा चियापान तथा प्रवचन कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती महासंघ धादिङको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोख्रेल,जातिय संघ–संस्थाका प्रतिनिधि, सरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधि लगायत जिल्लामा क्रियाशील सन्चारकर्मीहरुको सहभागिता रहेको थियो । हरिशंकर गिदेल मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपालका पहिलो सहिद क्याप्टेन लखन थापाको जिवनी र उहाँको योगदानको बारेमा चर्चा गरिएको थियो ।
यसैबीच सहिद लखन थापा मगर स्मृति प्रतिष्ठानले राणा शासक जंगबहादुर राणाको निरकुंश शासनविरुद्ध पहिलो विद्रोह गरेर राजनीतिक आन्दोलनको सुरुवात गरेका लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्न माग गरेको छ । एक सय ३७ औ लखन थापा स्मृति दिवस मनाउन आज रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तत्र्रिmया कार्यक्रममा राष्ट्रगानका रचयिता ब्याकुल माइलाले लखन थापाको विषयमा आफूलाई धेरै खोज गर्न मन लागेको उल्लेख गर्दै उनलाई प्रथम सहिदले विभुषित गरिए आफू आत्मैबाट खुसी हुने बताउनुभयो ।
-