पुष १७, साङ्कोष गाउँ विकास समितिको वडा नं। ७, ८ र ९ मा शुक्रबारदेखि विद्युतीकरण भएको छ । विद्युतीकरण उपभोक्ता समितिको आयोजनमा आर्थीक वर्ष२०६३र०६४ बाट शुरु भएको मेनलाईन विस्तारको काम सम्पन्न भएपछि गाउँमा बत्ती बलेको हो । आर्थीक वर्ष२०६३र०६४ मा आएको केन्द्रीय वजेट ७ लाख ५० हजार.....
,साङकोष गाउँ विकास समितिबाट प्राप्त नगद ४ लाख २ हजार जिल्ला विकास समिति धादिङबाट प्राप्त ३ लाख र अधुरा योजनाहरुको ४ लाख ४५ हजार र २ लाख बराबरको जनश्रमदानबाट विद्युतको मेनलाईन विस्तार गरिएको हो । वडा स्तरमा प्राप्त रकमबाट भने शाखालाइन विस्तार गरिएको थियो । विद्युतीकरण उपभोक्ता समिति साङकोषका अध्यक्ष लालबहादुर गुरुङको अध्यक्षतामा शुरु भएको योजनाको काम सम्पन्न भएर बत्ती बल्न थालेपछि स्थानीय २ सय घरधुरी लाभान्वित भएका समितिका सचिव कृष्णबहादुर गुरुङले जानकारी दिनुभएको छ ।

No comments:
Post a Comment