पुष १७, स्थानीय स्तरमा लागु औसध दुर्व्यसन न्यूनिकरण गर्ने उद्देश्यले हिजोबाट
किराञ्चोकमा शुरु भएको २ दिने गोष्ठि आज सम्पन्न भएको छ । दिगो समूह
नेपालको आयोजना तथा नेपाल सरकार गृहमन्त्रालय लागु औसध नियन्त्रण
कार्यक्रमको सहयोगमा भएको गोष्ठिमा स्थानीय २३ जनाको सहभागिता रहेको थियो ।
दिगो समूह नेपालका अध्यक्ष खिलनाथ लुइँटेलको अध्यक्षता रहेको गोष्ठिमा भिडेक नेपालका अध्यक्ष एवम् अधिबक्ता रामकृष्ण अधिकारी र अर्जुन मेडिकल हल किराञ्चोकका अहेव अर्जुन न्यौपानेले सहभागिलाई विषयबस्तुको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रमकै अवसर पारेर गाउँमा लागु औसध दुर्व्यसन न्युनिकरण गर्ने उद्देश्यले दिगो समुह सञ्जालपनि गठन गरिएको छ । किशोर अधिकारीको अध्यक्षतामा गठित ११ सदस्यीय सञ्जालको उपाध्यक्षमा श्रृजना आले, सचिवमा कल्याण अधिकारी, सह-सचिवमा शन्तोष घिमिरे र कोषाध्यक्षमा अञ्जना ढुङ्गाना रहनु भएको छ । कार्यक्रमको अन्त्यमा सहभागीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

No comments:
Post a Comment