पुष १८, खरी गाउँ विकास समिति वडा नं। १ स्थित वुङ्कोटघाट बँगैचामा हिजो वृद्धाश्रम तथा बराह स्थलको सिलन्यास गरिएको छ । स्थानीय बासीन्दाको पहलमा निर्माण हुनलागेको वृद्धाश्रमको हिजो चैनपुर २ निवासी वयोवृद्ध वोदनाथ लोहनीले सिलन्यास गर्नुभएको हो । कार्यक्रममा आमन्त्रित अतिथि लोकनाथ लोहनी लगायत ४५ जनाको उपस्थिति रहेको थियो । वृद्धाश्रम मष्टेखोला निकट वगैँचाको सडकदेखि १५ मिटर माथिको भागमा निर्माण गरिन लागेको खरीबाट ओमबहादुर सीम्खडाले जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment