६० थान रक्त चन्दन सहितको ट्रक गजुरी प्रहरीको नियन्त्रणमा

पुष १२, ६० थान रक्तचन्दन सहित एउटा डिब्बावाला ट्रक गएराती १२ वजे वाइसीएलको सहयोगमा इलाका प्रहरी कार्यलय गजुरीले नियन्त्रणमा लिएको छ । पश्चिम नेपालबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ३ ख ७९१३ नं. को ट्रकमा राखेर रक्तचन्दन ल्याइँदै गरेको पूर्व सुचनाको आधारमा चेक जाँच गर्दा सो परिमाणमा रक्तचन्दन बरामद भएको हो ।
ट्रकलाई पार्टेसन गरी इँट्टामा लुकाएर ल्याइएको रक्तचन्दन र ट्रक गजुरी प्रहरीको नियन्त्रणमा रहेको छ । ट्रकका चालक भने फरार रहेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

No comments:

Post a Comment