हिउँदे अधिवेशन सुरु, सभासद खड्काको निधनमा शोक प्रस्ताव पारित

व्यवस्थापिका संसदको नियमित हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ । नयाँबानेश्वरस्थित संविधानसभा भवनमा आज बसेको संसद बैठकमा सभामुख सुवास नेम्वाङले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धि पत्र पढेर अधिवेशन सुरु भएको जानकारी गराउनु भएको हो ।
बैठकले संखुवासभा क्षेत्र नम्बर दर्ुइका एमाले सभासद डम्बरबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभासद खड्काको गत १० गते भक्तपुरमा मोटरसाइकल दर्ुघटनामा परी निधन भएको थियो । शोक प्रस्ताव पारित भएको बेला अन्य कार्यसूचीमा छलफल नगर्ने प्रावधानअनुसार आउँदो बुधबारसम्मका लागि संसद बैठक स्थगित गरिएको छ । यहि हिउँदे अधिवेशनमा बजेट तथा सरकारको नीति तथा कार्यक्रम पनि पारित गरिने छ । सभामुख नेम्वाङले अग्रिम स्वीकृतबिना सभासद अनुपस्थित हुन नपाइने भने पनि आजको बैठकमा दर्ुइ सयजना सभासद अनुपस्थित रहेकोले निर्देशन पालना नभएको भन्दै निर्देशन पालना नभएको रुलिङ गर्नुभएको थियो ।

No comments:

Post a Comment