राजदुत राणालाई पदमुक्त गर्न सरकारलाई निर्देशन

व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिले भारतस्थित नेपाली राजदुत रुक्मशमशेर राणालाई तत्काल पदमुक्त गरी फिर्ता बोलाउन सरकारलाई निर्देशन दिएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले डाबर नेपालको प्रबन्ध निर्देशकसमेत रहेका राणालाई पदमुक्त गर्न सरकारलाई निर्देशन दिएको हो ।
उक्त उद्योगको गैर कानुनी कार्यको अख्तियारले छानबिन गरिरहेको बेला राणालाई राजदुत जस्तो पदमा राखिराख्न नहुने समितिको ठहर छ । परराष्ट्र मन्त्रालयका सचिब मदन भट्टर्राईलगायतका अधिकारीहरुसँग आज छलफल गरेपछि समितिले राणाको अन्य भूमिकाको कारण नैतिक र कानुनी रुपमा पनि राजदुतमा राख्न नहुने निष्कर्षनिकालेको हो । यसैगरी मृतक कामदारको क्षतिपर्ूर्ति रकम आफ्नो निजी खातामा राखेका साउदी अरबका लागि नेपाली राजदुत हमिद अन्सारीलाई छानबिन गरी कारबाही गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । समितिले अनमिनको अनुपस्थितिपछि मुलुकमा बढ्न सक्ने संभावित द्वन्द्व तथा मानवअधिकार उल्लंघनका घटनाको विषयमा प्रधानमन्त्री माधबकुमार नेपालसँग छलफल गर्ने निर्ण्र्ाागरेको छ ।

No comments:

Post a Comment