एक वृद्ध महिला मृत अबस्थामा फेला

पुष २१,  धादिङको वेनीघाट गाउँ विकास समिति वडा नं. ९ पतौरी स्थित त्रिसुली नदिको किनारमा आज एक बृद्ध महिला मृत अवस्थामा भेटिएकी छन् । अन्दाजी ७०/७५ वर्षकी वृद्ध महिला आज दिउँसो साँढे १ वजे त्रिुसुली किनारमा मृत अवस्थामा भेटिएकी हुन् ।
हिजो काठमाण्डौको कलङ्कीबाट धादिङको मलेखुको टिकट काटेर अएकी वृद्ध महिला मलेखु भन्दा ५ किलोमिटर तल पतौरी शितल वजारमा पुगेर गाडीबाट ओर्लीएको बताइएको छ । आज उनलाई मृत अबस्थामा देखेपछि स्थानीय बासीन्दाले प्रहरीलाई खवर गरेका थिए । हरियो स्विटर र सेतो फरिया लगाएकी मृतकको पहिचान खुल्न नसकेको र शव गजुरी स्थित स्वास्थ्य संस्थामा राखिएको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ ।

No comments:

Post a Comment