रेडक्रसको २ दिने समिक्षा तथा योजना निर्माण गोष्टी सुरु

पुष २१,  नेपाल रेडक्रस सोसाइटी जुनियर यूवा रेडक्रस विभागको आयोजना र जिल्ला शाखा धादिङको आतिथ्यमा २ दिने समिक्षा तथा योजना निर्माण गोष्ठी आजबाट सुरु भएको छ । सन् २०१० मा सञ्चिालित मानव वेचविखन, एच.आई. भि. एड्स तथा सामाजिक भेदभाव विरुद्ध यूवा सशक्तिकरण कार्यक्रमको समिक्षा र सन् २०११ मा सञ्चालन हुने कार्यक्रको बारेमा छलफल गर्न आयोजना गरिएको गोष्ठी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको हल धादिङबेसीमा सुरु भएको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति केशरीप्रसाद पन्तको प्रमुख आतिथ्यमा शुरु भएको गोष्ठिमा रेडक्रसका केन्द्रीय सदस्य राम प्रसाद मैनालीको प्रमुख अतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मैनालीले संकट परेको र आपतकालीन अबस्थाको साथी रेडक्रस भएको बताउनुभयो । मानव वेचविखन, एच.आइ.भि एडस र मानवीय भेदभाव विरुद्ध रेडक्रसले गरेका काम फलदायी भएको भन्दै उहाँले २ दिन लगाएर आगामी कार्ययोजना तयार गरिने बताउनुभयो । कार्यक्रममा अतिथिहरु नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय निर्देशक उमेश ढकाल, निमिक्त जिल्ला शिक्षा अधिकारी कृष्ण कुमार श्रेष्ठ, जिल्ला विकास समिति धादिङका हरिपाटा मगर लगायतले गोष्ठीले प्रभावकारी नयाँ योजना बनाउने आशा राख्दै आफुहरुले पनि रेडक्रसलाई सहयोग गर्ने बताएका थिए । आज र भोली चल्ने गोष्ठीमा धादिङ, मकवानपुर, लम्जुङ, म्याग्दी, सर्लाही र पाल्पा  गरी ६ जिल्लाका यस क्षेत्रमा कामगर्ने रेडक्रस प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

No comments:

Post a Comment