सिमपानी कालीका सामुदायिक वनको चौथो बाषिर्क साधारण भेला

पुष १७, सिमपानी कालीका सामुदायिक वन उपभोक्ता समिति गोगनपानीको चौथो बाषिर्क साधारण भेला आज सम्पन्न भएको छ । गोगनपानी गाउँ विकास समिति स्थित सिमपानीमा सम्पन्न भेलामा समितिका अध्यक्ष मोदनाथ लामिछानेको अध्यक्षता रहेको थियो ।
भेलाले बन अतिक्रमण रोक्ने, प्रत्येक शनिबार घाँस दाउराको लागी बन खुल्ला गर्ने, अत्यावश्य काममा काठ दाउरा उपलब्ध गराउने लगायतका निर्णय गरेको छ । १०६ हेक्टर क्षेत्रफलमा फैलीएको वनको ४० घरधुरी उपभोक्ता रहेका छन् । आजभएको साधारण भेलामा ७० जनाभन्दा बढि स्थानीय उपभेक्ताहरुको उपस्थिति रहेको गोगनपानीबाट राकुमार थापाले जानकारी दिनु भएको ।

No comments:

Post a Comment