माइक्रोबस दुर्घटनामा १७ जना घाइते, ३ को अवस्था गम्भिर

पुष १८, धादिङबेसीबाट मलेखुतर्फजाँदै गरेको बा १ ज ८९६४ नं को माइक्रोबस आज  दिउँसो कुम्पुर ४ परेवाटारमा पल्टिँदा १७ जना घाइते भएका छन् । घाइते मध्ये ३ को अवस्था गम्भिर रहेको छ । माक्रोबस अनियन्त्रित भएर सडकमा पल्टँदा गम्भिर घाइते भएका २ जनाको काठमाण्डौंमा उपचार भइरहेको  गजुरी प्रहरीले जानकारी दिएको छ ।
अर्का एक जनाको बैरेनी स्थित नेपाली सेनाको ६ बाहीनीमा उपचार भइरहेको छ । दुर्घटनामा गम्भिर घाइते हुनेहरुमा मुलपानी-१ का २६ वषिर्य ज्ञानु थापा, पिंडा-५ का ३४ वषिर्य नवराज श्रेष्ठ र साँकोष-२ का ६८ वषिर्य छविलाल ढुंगाना रहनु भएको छ । दुर्घटनामा सामान्य घाइते भएका अन्य १४ मध्ये केही सामान्य उपचार पश्चात घरफर्किएका छन भने केहीको गजुरी अस्पतालमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment