चिम्नीहुड बनाएर प्रदुषण न्युनीकरण गर्नेहरु सम्मानित

पुष १९, घरभित्रको वायु प्रदुषण न्यून गर्न रसुवामा जिल्लाको ग्रामीण तहका चिम्नीहुड निर्माताहरूलाई जिल्ला स्तरीय कार्यक्रममा सम्मान गरिएको छ । घरेलु स्वच्छ उर्जा प्रयोगमा व्यवहारिक अभ्यास कार्यक्रम अर्न्तर्गत जिल्ला स्तरीय समीक्षा कार्यक्रममामा चिम्नीहुड निर्माता चार र एक महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्मानित गरिएको हो ।
सरमथली गाविसमा सञ्चालित घरभित्रको वायु प्रदुषण नियन्त्रणका लागि चिम्नीहुड बनाउने भूमे लामा, यदुकुमार पौडेल, शुक्रबहादुर रूम्वा र चित्रबहादुर ग्लानलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले कदरपत्रद्वारा सम्मान गर्नुभएको हो । कार्यक्रममा युएनडिपी साना अनुदान कार्यक्रमका विवेकधर शर्माले गाउँमा सो सम्वन्धि सचेतना फैलाउने महिला स्वास्थ्व स्वयम् सेविका नोरकिमो लामिनीलाई दुई हजार रूपैयाँ नगद तथा सम्मान पत्रद्वारा सम्मान गरेका सहकर्मी रामहरि गजुरेलले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment