खसीचोर छाडेपछि प्रहरी चौकी गाउँलेको घेराबन्दिमा

रामहरि गजुरेल
पुष २०, नुवाकोट जिल्लाको फिकुरी गाविसमा स्थानिय दुई व्यक्तिको घरमा खसी चोरी गर्ने एक अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएर पनि कारबाही नगरी छाडेको भन्दै सोमबार दिउँसा सातदोवाटेस्थित इलाका प्रहरी चौकीमा गाउँलेहरुले घेराबन्दि गरेका छन् । गत शनिवार रातिको समयमा फिकुरी ६ का कुलप्रसाद भट्ट र ८ का गोविन्द देवकोटाको घरमा खसी चोरी गर्ने सोही गाविस वडा नं। ८ का भिजन तामाङलाई गाउँलेले पक्राउ गरि कारबाहीको लागि प्रहरीलाई बुझाए पनि कारबाही नै नगरी छाडेको भन्दै प्रहरी चौकी घेराबन्दि गरेका हुन् ।  हिजो बिहान इलाका प्रहरी चौकी फिकुरीले अभियुक्त तामाङलाई कारबाही नै नगरी भगाएपछि डेढसयजतिको संख्यामा आएका आक्रोसित गाउँलेले पुन पक्राउ गरि कारबाही गर्नुपर्ने भन्दै दिनभर धर्ना दिएका थिए । उता इलाका प्रहरी चौकी फिकुरीले भने अभियुक्तलाई कुनै पनि कारबाही नगरी छाडिएको गाउँलेसामु स्विकार गर्दै तत्काल पक्राउ गरी कारबाही गर्ने बताएको छ ।
यसैबीच नुवाकोट जिल्लामा केही बर्षअघि खेत जोत्नका लागी देखिने गोरुको हल अहिले फाट्ट फुट्ट देखिन थालेको छ । गोरुका सट्टा खेतियोग्य अधिकांश ठाउँमा ट्याक्टरको प्रयोग हुन थाले पछि यस्तो अवस्था आएको हो । हल गोरुलाई एक दिन लाग्ने काम ट्याक्टरले केही घण्टामै सम्पन्न गर्ने भएपछि नुवाकोट जिल्लाको खेतीपातीका लागि ट्याक्टर को प्रयोग बढेको हो । हल गोरु लगाउदाँ एक दिनभरी लाग्ने र डल्ला फुटाउन खेतला लगाउन पर्ने हुन्छ तर ट्याक्टर लगाउदाँ यो समस्या नहुने हुदाँ यसको प्रयोग बढेको किसानहरूको भनाई रहेको छ । खेत जोत्नको लागि हलगोरु लगाउदाँ कम्तिमा पाँच सय रुपैयाँ लाग्ने, खेतला खेज्नुपर्ने जस्ता झन्झटबाट मुक्तहुने हुदाँ ट्याक्टर लगाउने गरेको तुप्चेका उद्धव रिजालको भनाई रहेको छ । भनेको बेलामा खेतला पाईदैन, गाउँका मानिसहरू मेला आउन पनि मान्दैनन् रिजाल भन्छन् । यसरी खेतीपातीमा ट्याक्टर लगाउने किसानहरूमा विदुर नगरपालिका भित्रका, नगरपालिकासंग सिमाना जोडिएका गाउँ तथा सडकको पहुँच भएका गाउँहरू रहेका छन् । अझै गाउँ गाउँमा निर्माण भएको ग्रामिण सडकहरूका कारण किसानहरू खेत जोत्नको लागि ट्याक्टर लगाउन लालायित छन् । ट्याक्टरको प्रयोगले गाउँमा भएका हलगोरु पनि धमा धम बेचिदै छ । ट्याक्टरको बढ्दो प्रयोगका कारण गाउँमा केहीको पेशा समेत संकटमा परेको छ । जोतेर घर धान्ने किसानलाई भने हात मुख जोर्न समस्या परेको गोरु जोत्ने किसानहरूको भनाई रहेको छ । नुवाकोट जिल्लामा समुह गठन गरी दामासाही रुपमा आर्थिक संकलन गरि ट्याक्टर खरिद गर्ने चलन रहेको छ । त्यसरी समुहले दरिद गरेको ट्याक्टर गाउँ भरी भाडामा लगाउने चलन छ । ट्याक्टर चालकले एक दिन खेत जोते बापत समुहले पाँच सय रुपैयाँसम्म दिने गरेको नुवाकोटबाट सहकर्मी रामहरि गजुरेलले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment