शान्ति समिति संयोजकमा सेक्रेटरी अरुण

रामहरि गजुरेल
पुष २०,  जिल्ला शान्ति समिति नुवाकोटले गठन भएको पाँच महिनापछि संयोजक पाएको छ । राजनैतिक दलहरुको आपसी खिचातानीका कारण संयोजक विहीन हुदै आएको समितिको पहिलो संयोजक धेरै समयपछि चयन भएको हो । सोमबार भएको समितिको बैठकले एकिकृत नेकपा माओवादीका जिल्ला सेक्रटरी पुष्प लामिछाने -अरुण० लाई २ महिनाको लागी संयोजकमा चयन गरेको हो । यसभन्दा अघि दलहरुको आपसी खिचातानीका कारण समिति संयोजक विहिन रहँदै आएको थियो । संविधान सभामा सबै भन्दा ठुलो दल एकीकृत नेकपा माओवादी भएको कारण पहिलो संयोजकमा माओवादीलाई र्सवसम्मतरुपमा चयन गरिएको सचिव उषाकिरण तिमिल्सेनाले जानकारी दिनुभयो ।    यसैगरी सोमबार ९ सदस्यीय सचिवालय समिति पनि गठन गरिएको छ । समितिको सदस्यहरुमा नारायण खतिवडा, विन्दा अर्याल, विन्दा ढुंगाना, भरत पाठक, पल्लवराज पाठक, रामभक्त उप्रेती, देवनाथ भट्ट र गणेशकुमार नेपाल रहनुभएको नुवाकोटबाट सहकर्मी रामहरि गजुरेलले जानकारी दिनुभएको छ ।


No comments:

Post a Comment