अन्तरक्रिया गोष्ठि सम्पन्न

पुष १९,  जीवनपुर  गाउँ विकास समिति अन्तरगतका कृषि वन तथा वातावरण  समितिहरुको आवश्यकता, महत्व र संचालन प्रक्रियाको बारेमा आयोजना गरिएको अन्तरक्रिया गोष्ठि हिजो सम्पन्न भएको छ । किसान किसान कृषि प्रसार समिति धादिङ तथा जीवनपुर गाविसको व्यवस्थापनमा संचालन भएको गोष्ठिमा कृषि वन तथा वातावरण समितिको आवश्यकता, महत्व, कानुनी मान्यता, गाविसमा यस प्रकारको समितिको आवश्यकता, समितिको विनियम, गाविसको एकीकृत योजना तर्जुमाका चरणहरु लगाएतका बिषयमा छलफल भएको थियो ।
स्थानीय राजनैतिक दल पदाधिकारी गाविस सचिव, अगुवा कृषक लगायत ४८ जनाको उपस्थिति रहेको गोष्ठिमा जिल्ला कृषि विकास कार्यालयका प्रसार अधिकृत चक्रपाणी पन्थी, प्रयास नेपाल धादिङका सचिव उषा बि.क र सिड्स धादिङका कार्यक्रम संयोजक राजेन्द्र बस्नेतले सहजिकरण गर्नु भएको थियो ।

No comments:

Post a Comment