पुष २१, एकीकृत नेकपा माओवादीले सरकारले अनमिनको अनुगमनमा रहेका हतियार मागेको
प्रति आपत्ती जनाएको छ । प्रधानमन्त्री माधबकुमार नेपालसँगको भेटमा माओवादी
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अनमिनलाई पत्र पठाएर हतियार
लगायतका सामग्री मागेको प्रति आपत्ती जनाउनु भएको हो
। दलहरुसँग छलफल नगरी
सरकारले एकतर्फी रुपमा अनमिनलाई पत्र पठाएर बिस्तृत शान्ति सम्झौता र सहमति
विपरित काम गरेको भन्दै प्रचण्डले आपत्ती जनाएको उहाँका स्वकीय सचिब समिर
दाहालले जानकारी दिनुभयो । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको
भेटमा उहाँहरुबीच राजनीतिक गतिरोध अन्त्य, प्रधानमन्त्री निर्बाचन लगायत
विषयमा पनि छलफल भएको बताइएको छ ।
-
No comments:
Post a Comment