यसअघि स्थगित प्रशिक्षण
आउँदो माघ ३ गतेदेखि सुरु गरेर १७ गतेसम्ममा सक्ने निर्णय भएको छ ।
प्रवक्ता दीनानाथ शर्माका अनुसार माघ तीन गते नेवाः र तामसालिङ
राज्यसमितिका कार्यकर्ताहरुको संयुक्त प्रशिक्षण काठमाडौंमा हुने छ ।
यसैगरी ५ गते तमुवान राज्य समितिको पोखरामा, ७ गते मगरातको दाङमा र ९
गते भेरी र कर्णालीको सुर्खेतमा प्रशिक्षण हुने छ ।
यस्तै ११ गते सेती–महाकाली र थारुवानको कैलालीमा, १३ गते अवध को
बुटवलमा, १५ गते मिथिला र भोजपुराको जनकपुरमा र १७ गते कोचिला र
लिम्बुवानको झापाको दमकमा प्रशिक्षण हुने माओवादीले जनाएको छ । किरात
तथा प्रवास राज्य समितिका जिल्लाहरूको प्रशिक्षण भने सम्बन्धित राज्य
समितिले व्यवस्थापन गर्ने गरी तोकिएको छ । प्रशिक्षणको क्रममा उपाध्यक्ष
डा. बाबुराम भट्टराइको फरक प्रतिवेदनमा पनि छलफल चलाउने बैठकले निर्णय
गरेको छ । तत्कालिन कार्यनीतिसँग सम्बन्धित मतभेदहरूलाई आन्तरिक प्रकाशन
‘विचारधारा’ नामक विचार प्रधान पत्रिका मार्फत् पार्टी पङ्क्तीमा प्रवाहित
गर्ने बैठकले निर्णय गरेको छ । माओवादीले प्रशिक्षणलाई संघर्षको पूर्व
तयारी भनेको छ । यसका लागि बरिष्ट उपाध्यक्ष मोहन वैद्य ‘किरण’लाई सङ्गठनको
इन्चार्ज र नेत्रविक्रम चन्द ‘विप्लव’लाई युवाहरुको नेतृत्वको जिम्मा
दिइएको छ । अन्य नेताहरुको जिम्मेवारी भने यथावत राखिएको छ । कार्यविभाजनको
अन्तिम टुङ्गो लगाउने अधिकार भने स्थायी समितिलाई दिइएको छ ।
No comments:
Post a Comment