शान्ति दुतहरु बीच छलफल

पुष २०, युरोपियन कमिसन केयर युकेको सहयोग तथा केयर नेपाल, नागरिक आवाज र शान्ति मालिका संगको साझेदारीमा फोकस नेपालद्वारा सञ्चालित महिला र युवा दिगो शान्तिको आधार कार्यक्रमा अर्न्तर्गत चयन भएका धादिङ र गोखाका शान्ति दुतहरु बीच छलफल सोमबारबाट शुरु भएको छ । चौँथो वर्षोलागि रणनैतिक योजना तर्जुमा गर्न छलफल कार्यक्रम हिजोदेखि धादिङबेसीमा शुरु भएको हो । तीन दिनसम्म चल्ने छलफलमा धादिङ र गोरखाका ३५ जना शान्तिदुतहरुको सहभागिता रहेको छ । कार्यक्रममा विगतका वर्षरुमा कार्यक्षेत्रमा काम गर्दाको अनुभवको समिक्षा र आगामी कार्ययोजनाको बारेमा छलफल हुने बताइएको छ । छलफल कार्यक्रमको पहिलो दिन सोमबार फोकस नेपाल धादिङका एकराज छत्कुलीले सहभागिलाई स्वागत मन्तव्य सहित कार्यक्रको शुरुवात गर्नुभएको थियो । कार्यक्रममा महिला र युवा दिगोशान्तिको आधार कार्यक्रमकी टिम लिडर सरिता कार्की, कार्यक्रम संयोजक स्वागतराज पाण्डे र केयर नेपालकी इन्दु पन्थ घिमिरेले सहभागिलाई विषयबस्तुको बारेमा सहजिकरण गर्नुभएको सहकर्मी शान्ति रोकाले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment