किराञ्चोक कटुञ्जे माध्यमिक विद्यालय लगाएको ताला खुल्यो

पुष २०, किराञ्चोक कटुञ्जे माध्यमिक विद्यालय किराञ्चोक ९ डाँडा गाउँमा आइतबारदेखि विद्यार्थीहरुले लगाएको ताला सोमबार खुलेको छ । विद्यालयमा नेपाली र सामाजिक विषयको शिक्षक नहुँदा विद्यार्थीलाई समस्या भएको भन्दै लगाइएको ताला विद्यालयले २ दिन भित्र शिक्षकको व्यबस्था गर्ने विषयमा सहमति जनाएपछि हिजो खुलेको हो । विद्यालयमा नेपाली र सामाजिक विषय शिक्षण गर्दै आउनु भएकी शिक्षीका हिमा सिग्देलले गत मंसिर २७ गतेदेखि विद्यालय छोडेपछि विद्यार्थीहरु समस्यामा पर्दै आएका किराञ्चोकबाट किशोर अधिकारीले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment