साल्मेटार प्राथमिक विद्यालय साल्दुङको २६ औँ बार्षीक उत्सव

पुष २० साल्मेटार प्राथमिक विद्यालय गुम्दी ७ साल्दुङको २६ औँ बार्षीक उत्सव कार्यक्रम सोमबार सम्पन्न भएको छ । विद्यालय व्यबस्थापन समिति सदस्य पूर्णबहादुर सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय  बयोबृद्ध अभिभावक मुक्तिनाथ सिंखडाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा एकीकृत नेकपा माओबादीका केन्द्रीय सदस्य एवम् धादिङ क्षेत्र नं। १ का सभाषद पुष्प विक्रम मल्ल, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य एवम् ताम्सालीङ राज्य समिति संयोजक शंकर अधिकारी र गाविस सचिव ठाकुरप्रसाद सिंखडा लगायतले पठाउनु भएको शुभकामना शन्देस पढेर सुनाइएको थियो ।
विभिन्न राजनैतीक दलका प्रतिनिधि, अन्य विद्यालयका शिक्षक प्रतिनिधि, स्थानीय समाजसेवी, शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रममा एकीकृत नेकपा माओवादी गुम्दीका इञ्चार्ज रामजंग गुरुङ, नेपाली काँग्रेस गुम्दीका उपसभापति दिपबहादुर अधिकारी, नेकपा एमाले गाउँ पार्टी सदस्य लिलाबहादुर लामीछाने, सहभागि प्रधानाध्यापकहरुको तर्फाट नेत्रावती प्राथमिक विद्यालयका प्रधानाध्यापक बहादुर सिंह घले र सामुदायीक अध्ययन केन्द्र गुम्दीका अध्यक्ष रामेश्वर सिंखडाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यसैबीच बार्षीक उत्सव कार्यक्रमको अवशरपारेर विद्यालयमा विभिन्न प्रतियोगिता पनि सम्पन्न भएको छ । हिजो भएको अन्तर विद्यालय स्तरीय हाजीरी जवाफ प्रतियोगितामा साल्मेटार प्राथमिक विद्यालय गुम्दी  १ प्रथम भएको छ । यस्तै मंगलादेवी प्राथमिक विद्यालय मार्पाक २ द्वित्तिय, रातमाटा प्राथमिक विद्यालय गुम्दी ३ तृतीय र कल्याण निम्न माध्यमिक विद्यालय गुम्दी ८ सान्त्वना भएका छन् । यसैगरी हिजो नै भएको छात्रातर्फको १०० मिटर दौड प्रतियोगितामा नेत्रावती प्राथकिमक विद्यालय गुम्दी १ प्रथम, मंगलादेवी माध्यमिक विद्यालय मार्पाक द्वित्तिय र रातमाटा प्राथमिक विद्यालय गुम्दी ३ तृतीय भएका छन् । यस्तै छात्रतर्फो दौडमा  मंगलादेवी माध्यमिक मार्पाक प्रथम तथा द्वित्तिय र साल्मेटार प्राथमिक विद्यालय गुम्दी तृतीय भएका छन् । प्रतियोगितामा विजयी विद्यार्थीलाई शैक्षिक सामग्रीबाट पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यालयमा सबै भन्दा बढि उपस्थित हुने शिक्षक शिद्धिरमण आचार्य र विद्यालयमा विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै आउनुभएका स्थानीय अभिभावक अमृत गुरुङलाई सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक सीता भट्ट सिंखडाले आर्थीक सहित प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा १६ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । विद्यालयमा विद्यार्थीहरुको सहयोगकालागि अक्षयकोष पनि स्थापना गरिएको प्रधानध्यापक सीता भट्ट सिंखडाले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment