भारतीय सुरक्षावलले आज ९ जना माओवादीको हत्या गरेको छ । भारतको पर्ूर्वीय राज्य उडिसाको एक जङ्गलमा रहेको उनीहरुको शिविरलाई घेरा हालि विस्फोटक पदार्थ बरामद समेत गरिएको प्रहरीले जनाएको छ । उक्त घटना भुवनेश्वर सहरदेखि ५ सय किलोमिटर दक्षिणमा भएको थियो । उक्त घटनाबारे भारतीय माओवादीले कुनै प्रतिकृया जनाएको छैन ।
-
No comments:
Post a Comment