जेठ १४ भित्र नयाँ संविधान नवने संविधानसभा विघटन हुनसक्ने भट्टराईको आसंका

पुष २६,  एकीकृत ने।क।पा। माओवादीका उपाध्यक्ष डा। वावुराम भट्राईले जेठ १४ भित्र नयाँ संविधान नवने संविधानसभा विघटन हुने र देशमा राष्ट्रपति वा अन्य पात्रले शासन गर्ने सक्ने आसंका गर्नु भएको छ । महेन्द्रशक्ति माध्यमिक विद्यालय वक्राङ गोरखाको स्वर्ण महोत्सवको हिजो उद्घाटन गर्दै डा भट्राईले अहिले संविधान सभा विघटन गर्ने कोषिश भईरहेको संकेत गर्दै यसो गरेमा नेपाली जनता सडकमा उत्रनुको विकल्प नरहेको वताउनु भयो।

अहिलेको संक्रमणकाल छिटो टुङ्ग्याउन जनताले जुनजुन हैसियत दिएका छन् त्यही अनुसार राष्ट्रिय सरकार वनाई समस्या समाधान गनुपर्ने उहाँको भनाइ छ । देशको गञ्जागोल लामो समयसम्म राख्न नहुने वताउँदै नेता भट्राईले दलिय  स्वार्थ त्यागेर देश विकासमा अगाडी वढ्न सुझाव दिनुभयो । अहिले पुराना शक्तिले वगेको नदीलाई रोकेर किर्तिम वाँध वाधेको वताउँदै एक न एक दिन त्यो वाँध फुट्ने र वगीछाड्ने उहाँको भनजाइ छ । डा भट्राईले भारतीय गोष्ठिको सकारात्मक प्रभाव परेको वताउँदै यसले निकै उपयोगी काम भएको वताउनुभयो । भारतीय नेता तथा उच्च पक्षसंगको भेटमा नेपालको अहिलेको  जटिल प्रकृया, सरकार गठन र नेपालको राष्ट्रियताको वारेमा कुराकानी भएको र यसको वारेमा भारतीय पक्ष निकै सकारात्मका भएको भट्टराइको भनाइ छ । 

नेपालको आन्तरीक समस्या नेपालीलेनै हल गरुन् भन्ने कुरा भारतीय टोलीले व्यक्त गरेको वताउँदै नेता भट्राईले नेपालको सीमा अतिक्रमणको वारेमा अध्ययन गर्ने पक्षमा पनि भारत तयार रहेको वताउनुभयो । ६ वटा सत्रमा भएको छलफल पछि आफैले अन्य नेताहरुसंग अलग भेटघाट गरेको र त्यो पार्टीको योजना अनुरुपनै भएको पनि नेता भट्राईले वताउनुभयो । प्रत्येक महिना गोरखा आउने वाचा गर्नुभए अनुरुप ३५ औ पटक गोरखा आउनु भएको भट्राईले हिजो गोरखाका पत्रकार, नागरीक समाजका प्रतिनिधी , उद्योग क्षेत्रका प्रतिनिधि, तथा अन्य पार्टीका प्रतिनिधि संग भेटघाट गनुभएको थियो । नेता भट्राई हिजो नै राजधानी फर्कनुभएको गोरखाबाट संगम तिवारीले जानकारी दिनुभएको छ । 

No comments:

Post a Comment