उर्जामन्त्रीले गरे मनपरी सरुवा घटुवा

उर्जामन्त्री डा. प्रकाशशरण महतले आफ्नो निर्देशन नमानेको भन्दै कर्मचारीहरुको मनपरी सरुवा र घटुवा गर्नुभएको छ । संरचना नै ब्रि्रने गरी मन्त्रीको ठाडो आदेशमा सहसचिब र अन्य कमर्चारीहरुको सरुवा तथा घटुवा गरिएको हो । मन्त्रालयको नीति महाशाखामा रिक्त रहेको पदमा सिंचाई विभागमा कार्यरत मोतीबहादुर कुँवरलाई प्रमुखमा नियुक्त गरिएको छ ।
जलविद्युत विकासको सम्पर्ूण्ा नीति तथा कार्यक्रम बनाउनु पर्ने ठाउँमा विज्ञता हासिल नगरेको ब्यक्तिले काम गर्न नसक्ने कर्मचारीहरुको दावी छ । कुँवर सिंचाइँ विभागमा जियोलोजीको क्षेत्र हर्ेर्ने गर्नुहुन्थ्यो । विभागमा निजीकरण महाशाखामा उप-महानिर्देशकको रुपमा कार्यरत सुदेश मल्ललाई विभागमै सहसचिबमा घटुवा गरि सो स्थानमा सन्जय शर्मालाई बढुवा गरिएको स्रोतले जनाएको छ ।

No comments:

Post a Comment