पुष १९, बिकराल समस्याको रुपमा रहेको चेलिबेटी तथा मानव बेचबिखन विरुद्ध जागरण
फैलाउने उद्देश्यले नुवाकोटमा महिलाहरुको लागि चेतनामूलक कार्यक्रम सञ्चालन
गरिएको छ । अन्तर पार्टी महिला सञ्जाल नुवाकोटको आयोजना र विदुर
नगरपालिकाको सहयोगमा सदरमुकाम विदुरमा चेलिबेटी तथा मानव बेचबिखन विरुद्ध
जागरण फैलाउने उद्देश्यले दुईदिने चेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न
भएको छ । कार्यक्रमको हिजो प्रमुख जिल्ला अधिकारी गोबिन्दमणि भुर्तेलले
समापन गर्नुभयो ।
सहभागी विदुर नगरपालिका तथा समुन्द्रटार, रालुका, तुप्चे, चारघरे, काहुले, किम्ताङ, थानसिङ र खरानीटार गाविसका ५५ जना महिलाहरुलाई सञ्जालकी अध्यक्ष बिन्दादेवी अर्याल, सचिव बिन्दा ढुंगाना, प्रहरी निरीक्षक भोजदेव खतिवडा, महिला अधिकारकर्मी अस्मिता थापा, विदुर नगरपालीकाका कार्यकारी अधिकृत मिठाराम हुमागाईं र प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भुर्तेलले महिलाहरुमा बेचबिखन न्युनीकरणका लागि शिक्षा र सचेतनाको वृद्धि, कानुनको पालना र जागरणमूलक समाज र बेचबिखन न्युनीकरणमा सरोकारवालाको भूमिकाका सम्वन्धमा प्रशिक्षण दिनुभएको थियो ।

यसैबीच जोखिमपूर्ण श्रमका कारण नुवाकोटको अधिकांश गाउँका महिलामा
पाठेघरको समस्या देखिएको छ । ग्रामीण भेगमा रहेका महिलाहरु बाध्यतामा
जोखिमपूर्ण श्रम गर्नुपर्ने कारणले पाठेघरको समस्या सिर्जना भएको
स्वास्थ्यकर्मीहरु वताउँछन् । नेपाल हेल्थ वेलफेयर एन्ड रिर्सच सेन्टर
नुवाकोट शाखाद्वारा नुवाकोट विभिन्न गाउँमा गरिएको एक र्सर्वेक्षणमा गाउँका
७० प्रतिशत महिलाहरुमा पाठेघरको समस्या रहेको सेन्टरका प्राविधिक मोहन
चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार नुवाकोटको गाउर्ँखर्क, बेतिनी,
तलाखु, महाकाली, रालुकादेवी, राउतबेसी लगायतका गाविसमा र्सर्वेक्षण गरिएको
थियो । सर्वेक्षणबाट प्राप्त तथ्याङ्क अनुसार पाठेघरको समस्यामा पनि पाठेघर
तल झर्ने रोग अत्याधिक रहेका छन् । सेन्टरका किरणप्रसाद अधिकारीका अनुसार
सुत्केरी अवस्थामा महिलाले गर्ने गह्रौ कामकाजका कारण पाठेघर तल भर्ने
गर्दछ ।
नुवाकोटका प्रायः गाउँका महिलामा उक्त रोग रहेको छ । तर, उनीहरूले
घरपरिवारबाट हेला हुने भय र लाजका कारण रोग लुकाउने गरेका छन् ।
सुन्दरादेवी गाविसकी मिश्रीमाया पाठकका अनुसार सो गाउँमा मात्रै पाठेघर
खस्ने रोग पालेर बस्ने महिलाको सङ्ख्या एकसय भन्दा बढी छ ।
अन्तरपार्टर्ीीहिला सञ्जाल नुवाकोटले हालै जिल्लाको उत्तरपूर्वी भेगमा
महिलाको आङ खस्ने रोगको शल्यक्रियासहितको शिविरको आयोजना गरेको थियो । सो
शिविरमा चारसय जना भन्दाबढी महिला स्वास्थ्य परीक्षण गराउन आएकामा ७०
प्रतिशतमा पाठेघर तल झरेको पाइएको सञ्जालकी अध्यक्ष विन्दादेवी अर्यालले
बताउनुभयो । शिविरमा आएका १८ बर्षीया अबिवाहित महिलादेखि ५६ बर्षीया
महिलासम्मको पाठेघर खस्ने समस्या पाइएको छ ।
No comments:
Post a Comment