मेला व्यबस्थापन समिति गठन

पुष १९, हरेक वर्षमाघे सक्रान्तिका अवसरमा नुवाकोटको तारुका गाउँ विकास समितिमा लाग्ने विशेष मेला व्यबस्थापन गर्नकोलागि आज मेला व्यबस्थापन समिति गठन गरिएको छ । तारुका ५ चन्दनी निवासी सीता खतिवडाको अध्यक्षतामा गठित २० सदस्यीय समितिको उपाध्यक्षमा जनक आले रहनु भएको छ । यस्तै सचिवमा शिवप्रसाद पनेरु र कोषध्यक्षमा राजकाजी श्रेष्ठ चयन हुनुभएको छ ।
यसैगरी मेलालाई अझै व्यबस्थित बनाउनकोलागि जनकराज ढुङ्गाना, झमबहादुर प्रधान, खिलनाथ अधिकारी र विष्णुलाल श्रेष्ठ रहनु भएको ४ सदस्यीय सल्लाहकार समितिपनि गठन गरिएको तारुकाबाट निराजन श्रेष्ठले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment