बालमैत्री विद्यालय सम्बन्धी तीन दिने तालिम शुरु

पुष १९, शंखादेवी उच्च माध्यमिक विद्यालय श्रोतकेन्द्र जोगीमारामा बालमैत्री विद्यालय सम्बन्धी तीन दिने तालिम हिजोबाट शुरु भएको छ । शंखादेवी उच्च माध्यमिक विद्यालय श्रोतकेन्द्र जोगीमारा, शिक्षा सरोकार समिति मझिमटार र सहयोगी संस्था आसमान नेपालको आयोजनामा शुरु भएको तालिममा श्रोत केन्द्र अन्तरगतका १९ वटा विद्यालयका १९ जना शिक्षक र शिक्षा सरोकार समिति जोगीमाराकी सदस्य चन्द्रकुमारी लायो मगर सहित २० जनाको सहभागिता रहेको छ ।
शंखदेवी उच्च माध्यमिक विद्यालयका व्यबस्थापन समिति पुर्व अध्यक्ष टंकबहादुर मल्लको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि शंखदेवी उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक शिरहरि सिलवालले मैत बत्ती बालेर तालिमको उद्घाटन गर्नु भएको थियो  । तालिममा आसमान नेपाल काठमाण्डौका राम नरेस रावत, शंखदेवि उच्च माध्यमिक विदालय श्रोत केन्द्रका श्रोतव्यक्ति इन्द्रबहादुर श्रेष्ठले सहभागिलाई विषयबस्तुको बारेमा प्रशिक्षण दिनुभएको जोमिाराबाट शिक्षक रमेश मरहठ्ठाले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment