ने वि संघ सत्यवती उच्च माध्यमिक विद्यालय एकाई अधिवेशन

पुष २०,   नेपाल विद्यार्थी संघ सत्यवती उच्च माध्यमिक विद्यालय एकाई अधिवेशन सोमबार आदमटारमा सम्पन्न भएको छ । पुर्व इकाई अध्यक्ष रामकृष्ण पौडेलको सभापतित्वमा सम्पन्न अधिवेशनले विकास अधिकारीको अध्यक्षतामा २१ सदस्यीय नेविसंघ सत्यवती उच्चमावि एकाइ समिति र्सवसम्मत रुपमा चयन गरेको छ । नवगठित एकाइको उपाध्यक्षमा दिपक खतिवडा, सचिबमा विजय रिजाल, सह सचिबमा कल्पना अधिकारी र कोषाध्यक्षमा शान्ती खतिवडा रहनु भएको छ । नेविसंघ धादिङका सचिब इश्वर अधिकारीको प्रमुख आतिथ्यता र ३ नंबर क्षेत्रीय सचिब श्रीराम खतिवडाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगठन विस्तार र आगामी कार्यक्रमका बारेमा समेत छलफल गरिएको नेविसंघले जनाएको छ ।

No comments:

Post a Comment