रि गाउँ उच्च माध्यमिक विद्यालयको ४९ औँ बार्षीक उत्सव

पुष २०, रि गाउँ उच्च माध्यमिक विद्यालय री को ४९ औँ बार्षीक उत्सव कार्यक्रम सोमबार सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक प्रेमसिंह तामाङको अध्यक्षतामा सम्पन्न बार्षीक उत्सव कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । बार्षीक उत्सवकै अवशरमा हिजो शिक्षक र विद्यार्थी बीच सरसफाइ सम्बन्धि अन्तक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ । विद्यालयबाट विविध कार्यक्रम लिएर अन्य गाउँसम्म जान सम्भव नभएकाले वडा नं। ५ को रिचेत, वडा नं। ७ को ताजीम्राङ र वडा नं। ९ को किचेतका विद्यार्थीहरु समेटेर प्रत्येक वडामा २०र२० सदस्यीय समितिपनि गठन गरिएको छ । समितिले गाउँ-गाउँमा सरसफाइका कार्यक्रमहरु सञ्चालन गर्ने बताइएको छ । कार्यक्रममा विविध साँस्कृतीक कार्यक्रमहरुपमि प्रस्तुत गरिएको विद्यालयका प्रधानाध्यापक प्रेम सिंह तामाङले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment