ग्रामीण पर्यटनका लागि बुङताङ महोत्सव

पुष २१,  नेपाल भ्रमण वर्ष २०११ लाई लक्षित गरी ग्रामीण पर्यटन विकासका लागि पहिलोपटक नुवाकोटको पश्चिमी बुङताङमा प्रथम बुङताङ छेज्यू महोत्सव २०६७ आयोजना हुने भएको छ । बुङताङ गाविस वडा नं. ९ को टाँसीलिङ गुम्वामा महोत्सव आयोजना हुने वताइएको छ ।
बुङताङ व्योनखोर युवा क्लबको आयोजनामा आगामी माघ २० देखि २४ गतेसम्म आयोजित महोत्सवमा स्थानीय उत्पादन र परिकारहरु, तामाङ संस्कृति झल्कने झाँकीहरु, लोकसंगीत, सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिने महोत्सव आयोजक क्लबका सचिव रुपबहादुर तामाङले वताउनुभयो ।

No comments:

Post a Comment