दलित विद्यार्थीहरुलाई दुईलाख रुपैयाँ छात्रवृति प्रदान

पुष २१,  दलितको क्षेत्रमा क्रियासिल रहँदै आएको नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ नुवाकोटले जिल्लाका दलित विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । जिल्लाका १६ गाविस र विदुर नगरपालिकाको ५४ जनालाई नगद एक लाख ७१ हजार छात्रवृत्ति प्रदान गरेको सङ्घका बद्री बहादुर मिजारले जानकारी दिनुभयो ।
विदुरमा सामाजिक लेखापरीक्षण कार्यक्रम आयोजना गरी सङ्घले छात्रवृत्तीको विवरण सार्वजनिक गरिएको हो । सङ्घकी अध्यक्ष यदुकुमारी मगरातीको सभापतित्वमा सम्पन्न कार्यक्रममा रु चार लाख ९१ हजार ९४५ को आयव्यय सार्वजनिक गरिएको छ । सङ्घले सेभ द चिल्ड्रेन नेपाल र युएसएआइडीको रु सात लाख र एनल्सी रोज म्याक्रोम्याकको रु दुई लाख १५ हजारको अध्यक्ष कोष स्थापना गरी २०४८ सालदेखि नेपालका १३ जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आएको नुवाकोटबाट सहकर्मी रामहरि गजुरेलले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment