त्रिशुली नदीमा एक बेपत्ता

पुष २०, बेत्रावती, पुस २० गते । पौषे औशीमा आफ्ना पिताको श्राद्ध गर्न बेत्रावती आएका एक युवती त्रिशुली नदीमा नुहाउने क्रममा बेपत्ता भएकी छिन् । नुहाउन आज विहान बेत्रावती स्थित त्रिशुली नदी पसेकी ककनी गाविस वडा नं. ६ की २३ वर्षिया सुनिता लामा हराएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनी आज विहान त्रिशुली नदीमा परेको बताइएको छ ।
प्रहरी तथा आफन्तहरुले उनको खोजी कार्य जारी राखेता पनि उनीको कुनै पत्तो लाग्न सकेको छैन । नुहाउन लाग्दा दाजु बहिनी चिप्लिएर खोलामा परेकोमा दाजुको भने उद्धार भएको थियो । आजको तिथिमा हरेक पटक नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावतीमा आमा वुवा गुमाएकाहरुले श्राद्ध गर्ने मेला लाग्ने गरेको छ ।

No comments:

Post a Comment