मनरुपी माध्यमिक विद्यालयको २७ औँ वार्षीक उत्सव


पुष २०, मनरुपी माध्यमिक विद्यालय सांकोष ५ भोर्लेको २७ औँ वार्षीक उत्सवका अवसरमा आज विद्यालयमा सदनस्तरीय हाजीरीजवाफ लगायत विभिन्न प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका खेलकुद कार्यक्रम संयोजक टोपबहादुर गुरुङ र नेत्रप्रसाद धमलाले संयोजन गर्नुभएको प्रतियोगितामा प्रधानाध्यापक ठाकुरप्रसाद रिजालको अध्यक्षता रहेको थियो ।
माध्यमिक तहका ८ समूहको सहभागिता रहेको हाजीरीजवाफ प्रतियोगितामा गौतम बुद्ध सदन प्रथम भएको छ । यस्तै डाँफे सदन द्वित्तिय र गौतम बुद्ध सदन तृतीय भएका छन् । सोही अवसरमा विद्यालयमा ठेलो, कक फाइट, लङ जम्प, हाइ जम्प, हजार मिटर दौड, सियो धागो, चम्चा दौड र म्यूजिकल चेयर प्रतियोगितापनि सम्पन्न भएको छ । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई शैक्षीक सामग्रीबाट पुरस्कृत गरिएको शिक्षक रामप्रसाद लामीछानेले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment