पुष २१, महिला अधिकार अनुगमन जिल्ला सञ्जाल रसुवा गठन भएको छ । सदरमुकाम धुञ्चेमा
भएको कार्यक्रममा सञ्जाल गठन गरिएको हो । राष्ट्रिय महिला आयोजको नेतृत्वमा
महिला अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न गैह्र सरकारी संस्थाहरुले गठन
गरेको सञ्जाल रसुवामा विस्तार गरिएको बताइएको छ ।
राष्ट्रिय महिला आयोगका
सचिव केबलप्रसाद भण्डारीको उपस्थितिमा भएको उक्त कार्यक्रमले नेपाल कृषि बन
प्रतिष्ठान रसुवा संयोजक, दुर्गम नेपाल सह संयोजक र सदस्यहरुमा मानेकोर
सोसाईटी, माइती नेपाल, सिड्स रसुवा, जिल्ला लघु उद्यमी संघ र नेपाल आमा
समुह सदस्य रहेका छन् । महिलाको अधिकारको पक्षमा वकालत गर्ने र उजुरी लिने
लगायतका कार्य सञ्जालले गर्नसक्ने छ । सञ्जाल गठन कार्यक्रममा महिला, कानून
र विकास मञ्चका अधिवक्ता नविनकुमार श्रेष्ठ, केन्द्रिय प्रतिनिधि कपिलदेव
खनाल लगायतकाको सहभागिता रहेको थियो ।
-
No comments:
Post a Comment