आँखा सिविर तथा स्त्री रोग परिक्षण शिविर सम्पन्न

पुष १९,  शनिबारदेखि मैदीमा शुरु भएको निशुल्क आँखा सिविर तथा स्त्री रोग परिक्षण शिविर हिजो सम्पन्न भएको छ । लाइन्स क्लव अफ बालाजु, लाइन्स क्लव अफ बालाजु युथ लियो, साना किषान कृषि सहकारी संस्था मैदी र अमरावती माध्यमिक विद्यालय मैदीले आयोजना गरेको शिविरमा ७ सय १० जनाको आँखा परिक्षण गरिएको छ । आँखा परिक्षण गरिएका मध्ये ५४ जनाको मोतिया विन्दुको सल्यक्रिया गरिएको थियो । शिवरमा १ सय १५ जनको स्त्री रोगकोपनि परिक्षण गरिएको छ ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काण्माण्डौको सहयोगमा सम्पन्न शिविरमा मैदी र आसपासका गाविसका बासीन्दाले सेवा लिएका मैदीबाट एकबहादुर अर्यालले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment