पुष २१, गाउँलेले दिनानुदिन बोक्सीको आरोप लगाउँदै विभिन्न किसिमका यातना खेप्दै
खाएका नुवाकोट जिल्लाको खड्गभञ्ज्याङ गाविसका एक दम्पत्ति गाउँबाट
विस्थापित भएका छन् । खड्गभन्ज्याङ गाविस वडा नं. २ मजुवा रिमालगाउँका ७५ वर्षीय डिल्लीप्रसाद
रिमाल र ७० वर्षीया शारदा रिमाललाई स्थानीय गाउँलेले बोक्सीको आरोपमा
मानसिक यातना दिनेक्रम बढेपछि गाउँबाट विस्थापित भएका हुन् । आफ्ना
सहोदर कान्छा भाइ हरिकृष्ण रिमाल लगायतले रिमाल दम्पत्तिलाई बोक्सीको आरोप
लगाउँदै मानसिक यातना दिएको आरोप पीडितहरुले लगाएका छन् । गत मंसीर २५
गते राती हरिकृष्णका छोरा विरामी भएपछि रिमाल दम्पत्ति माथि बोक्सीबोक्साको
आरोप लगाउँदै हरिकृष्णलगायत गाउँलेको एक समूहले ज्यान मार्ने धम्की दिनुका
साथै घर जलाई दिने वताएपछि ज्यानको सुरक्षाको लागि खोल्सीबाट भागेर
राजधानी काठमाडौंमा रहेको छोराको कोठामा शरण लिई बस्नु परेको रिमाल
दम्पत्ति वताउँछन् । २०६४ सालदेखि रिमाल दम्पत्तिलाई आफ्नै कान्छो भाइलगायत
गाउँलेहरुले भैंसीले दूध नदिए, थुन कुहिए तथा छिमेकमा कोही विरामी परेमा
समेत रिमाल दम्पत्ति
माथि बोक्सीको आरोप लाग्ने गरेको पीडितले वताए । पँधेरोमा पानी थाप्ने,
गोठालो जाँदा, खेत बारीमा काम गर्न जाँदा समेत गाउँलेद्वारा रिमाल
दम्पत्ति माथि पटकपटक अभद्र व्यवहार हुँदै आएको पीडितका छोरा राममणि रिमालले जानकारी दिनुभयो ।
No comments:
Post a Comment