पुष २१, महिला र युवा दिगो शान्तिको आधार कार्यक्रमा अन्तर्गत चयन भएका धादिङ र
गोरखाका शान्ति दुतहरु बीच तीनदिने छलफल कार्यक्रम आज सम्पन्न भएको छ ।
युरोपियन कमिसन र केयर युकेको सहयोग तथा केयर नेपाल, नागरिक आवाज र शान्ति
मालिका संगको साझेदारीमा फोकस नेपालद्वारा सञ्चालित कार्यक्रम अन्तर्गत
चौँथो वर्षकोलागि रणनैतिक योजना तर्जुमा गर्न आयोजना गरिएको छलफलमा धादिङ र
गोरखाका ३५ जना शान्तिदुतहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा महिला र
युवा दिगोशान्तिको आधार कार्यक्रमकी टिम लिडर सरिता कार्की, कार्यक्रम
संयोजक स्वागतराज पाण्डे, हिमालय विकास क्षेत्र गोरखाका नविन्दा थापा र
फोकस नेपाल धादिङका कार्यक्रम संयोजक एकराज छत्कुलीले सहभागिलाई
विषयबस्तुको बारेमा सहजिकरण गर्नुभएको थियो । विगतका वर्षहरुमा
कार्यक्षेत्रमा काम गर्दाको अनुभवको समिक्षा सहित बहस, पैरवी र शसक्तिकरणका
लागि रणनैतिक योजना तयार गर्दै कार्यक्रम समापन गरिएको सहकर्मी शान्ति
रोकाले जानकारी दिनुभएको छ ।
-
No comments:
Post a Comment