प्याव्सन धादिङले प्याव्सन दिवस मनायो

पुष २६, २१ औँ प्याव्सन दिवस प्याव्सन धादिङले हिजो एक कार्यक्रमको आयोजना गरी मनाएको छ । प्याव्सन दिवसको अवसरमा आयोजन गरिएको तीन दिने कार्यक्रमको अन्तिम दिन हिजो एडभान्स एकेडेमीको प्राङ्गणमा समापन समारोह सम्पन्न भएको हो । प्याव्सन धादिङका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याव्सनका केन्द्रीय सदस्य गोपालप्रसाद कंडेलको प्रमुख आतिथ्य र निलकण्ठ क्याम्पसका प्रमुख भुपेन्द्र कुमार श्रेष्ठको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि सञ्चारकर्मी र निजि विद्यालयका सञ्चालक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संवोधन गर्दै प्रमुख अतिथि कंडेलले राज्यले आफूहरुलाई पनि अनुदान दिनु पर्ने बताउनु भयो । राज्यहरुले अनुदान दिएमा सरकारी विद्यालय सरह शुल्कमा पठन पाठन गर्न सक्ने उहँको भनाइ थियो ।
कार्यक्रममा प्याव्सन दिवसको अवसरमा शुक्रबार सम्पन्न भएको साँस्कृतीक प्रतियोगिता र शनिबार सम्पन्न भएको शिक्षक हाजीरी जवाफ प्रतियोगिताका विजयी विद्यार्थी तथा शिक्षकहरुलाई पुरस्कृत गरिएको थियो । सोही अवसरमा प्रवेसीका परिक्षा २०६६÷६७ मा धादिङ प्रथम हुने चिल्ड्रेन पार्क उच्च माध्यमिक विद्यालयका छात्र गजेन्द्र वस्नेत, द्वित्तिय हुने लक्ष्मण चापागाईँ र तृतीय हुने धादिङ बोर्डीङका छात्र शन्तोष श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । यस्तै विद्यालयको उत्कृष्ट व्यवस्थापकतर्फ द राइजीङ भिलेज इङ्लीस बोर्डीङ स्कुल बैरेनीका कृष्णहरि श्रेष्ठ सहित, जिल्लाभरीमा तहगत रुपमा उत्कृष्ट शिक्षक–शिक्षीकाहरुलाई पनि सम्मान गरिएको थियो ।

No comments:

Post a Comment